फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा, ह्यामबर्गर एसभीलाई ३–१ ले पराजित

जर्मन कपको फाइनलमा पहिलो पटक फ्रेइबर्ग पुगेको छ। फ्रेइबर्गले मंगलबार राति ह्यामबर्गर एसभीलाई ३–१ ले हराउँदै पहिलो पटक जर्मन कपको फाइनलमा स्थान बनाएको हो।

नेपालभ्युज

फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा, ह्यामबर्गर एसभीलाई ३–१ ले पराजित

एजेन्सी । जर्मन कपको फाइनलमा पहिलो पटक फ्रेइबर्ग पुगेको छ। फ्रेइबर्गले मंगलबार राति ह्यामबर्गर एसभीलाई ३–१ ले हराउँदै पहिलो पटक जर्मन कपको फाइनलमा स्थान बनाएको हो।

फ्रेइबर्गले तीनै गोल पहिलो हाफमा गरेको थियो। फ्रेइबर्गले निल्स पिटर्सनको गोलबाट ११औँ मिनेटमा अग्रता लिएको थियो। १७औँ मिनेटमा निकोलस होफ्लरले गोल गरे। ३५औँ मिनेटमा भिकान्जो ग्रिफोले पेनाल्टीमा अर्को गोल थपे।

३८औँ मिनेटमा ह्यामबर्गरका एन्सी सुहोनेनले गोल फर्काए। खेल सकिन दुई मिनेट बाँकी हुँदा रोबर्ट ग्लाटजेलले गरेको गोल ह्यामबर्गरका लागि सान्त्वना बन्यो।

फ्रेइबर्गले अब उपाधिका लागि आरबी लाइपजिग र युनियन बर्लिनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। लाइपलिग र युनियन बर्लिनले आज राति प्रतिस्पर्धा गर्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved