पृथ्वीबहादुर शाहको रकम खुलाउन सर्वोच्चले दिएन अन्तरिम आदेश

सोमबार भएको सुनुवाइपछि अदालतले उक्त मुद्दा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ।

नेपालभ्युज

पृथ्वीबहादुर शाहको रकम खुलाउन सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले पृथ्वीबहादुर शाहको नाममा विदेशबाट आएको रकम खुलाउने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सोमबार अदालतमा भएको सुनुवाइपछि अदालतले उक्त मुद्दा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ।

आफूले विदेशबाट ल्याएको रकम रोकिएको भन्दै उक्त रोक्का खारेजी गरेर रकम खुलाउने मागसहित शाहले दिएको रिटमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले अन्तरिम आदेश नदिएको हो।

शाहको सोही रकम फुकुवा गर्ने विषयमा अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अभिकारीबीच मतभेद हुँदा सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved