साइकल लेनमा जताततै अवरोध नै अवरोध (फोटो फिचर)

नेपालभ्युज

साइकल लेनमा जताततै अवरोध नै अवरोध (फोटो फिचर)

काठमाडौं। साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन्। अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ।

ललितपुर महानगरपालिकाले धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ।

निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साही बनाएको छ।

साइकलको सवारीतर्फ उच्च वर्गको रुचि बदलिँदै गए पनि यस प्रकारको अवरोधले पुनः धुवाँ फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउँदै जानेछ।

यसै विषयलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले ललितपुर महानगरपालिका भित्र साइकल लेन बनाइएको विभिन्न क्षेत्रमा पुगेर खिचेका तश्वीरहरु आजको फोटो फिचरमा।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved