निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रदेश सरकारको प्रतिबद्धता

नेपालभ्युज

निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रदेश सरकारको प्रतिबद्धता

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने स्पष्ट पारेका छन्।

‘निर्वाचन सम्पन्न गर्न आफ्नो हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्छौं,’ मुख्यमन्त्री राईले भने। सो अवसरमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको मिति बैशाख ३० गते स्थानीय तहको निर्वाचन सफलतापूर्वक हुने स्पष्ट पार्दै निर्वाचनमा प्रदेश सरकारको सहयोग हुने अपेक्षा व्यक्त गरे।

प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको तयारी द्रुतगतिमा गरिरहेको जानकारी दिदै केही जिल्लाको मतपत्र छपाईका कामसमेत सम्पन्न भई सम्बन्धित जिल्लामा ढुवानीसमेत हुन थालेको उल्लेख गरे।

प्रमुख आयुक्त थपलियाले कर्मचारीलाई कुनै पनि राजनीतिक दलको समर्थन वा विरोधमा सार्वजनिक धारणा कुनै पनि प्रकारका माध्यममा नदिन आग्रह गरे।

कुनै अमुक दलको समर्थन वा विरोध गरे त्यो निर्वाचन आचारसंहिता विपरीत हुने उनले प्रस्ट पारे । प्रदेश नं. १ सरकारका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले निर्वाचन सम्पन्न गर्नका लागि आयोगले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न प्रदेश सरकार र कर्मचारी संयन्त्र प्रतिवद्ध रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved