नेटोमा नजान फिनल्यान्ड र स्विडेनलाई रूसको चेतावनी

नेपालभ्युज

नेटोमा नजान फिनल्यान्ड र स्विडेनलाई रूसको चेतावनी

काठमाडौं । रूसले फिनल्यान्ड र स्विडेनलाई नेटोको सदस्यता नलिन चेतावनी दिएको छ। उनीहरू नाटामा जाँदा युरोपमा स्थिरता नआउने रूसको दाबी छ।

क्रेमलिनका प्रवक्ता देमिट्री पेस्कोभले नेटो गठबन्धन झगडा निम्त्याउने गठबन्धन रहेको प्रतिक्रिया दिएका छन्। यसअघि अमेरिकाका एक सुरक्षा अधिकारीले युक्रेनमाथिको रूसी आक्रमण भयंकर ठूलो रणनीति गल्ती रहेको बताएका थिए। यसले नेटोको सदस्यता बिस्तार हुनसक्ने उनको प्रतिक्रिया थियो।

अमेरिकी अधिकारीहरूले रूसका नोर्डिक छिमेकीहरूले पनि नेटोको सदस्यका लागि दाबेदारी गर्ने अपेक्षा गरेका छन्। जूनसम्म उनीहरूले आवेदन दिनसक्ने अमेरिकाको अपेक्षा छ।

उनीहरू आबद्ध भए नेटोको सदस्यता संख्या ३२ पुग्नेछ।

अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले नेटोका नेता र स्विडेन तथा फिनल्यान्डका विदेशमन्त्रीबीच सदस्यका विषयमा कुराकानी भएको गत साता जनाएका थिए।

अमेरिका नेतृत्वको पश्चिमा सैन्य गठबन्धन नेटोको सदस्यता बिस्तार हुन नहुने माग रूसले राख्दै आएको छ। तर, युक्रेनमाथिको रूसी आक्रमणपछि नेटोलाई पूर्वी युरोपमा आफ्नो सदस्यता बिस्तार गर्ने बाटो खुकुलो भएको छ। किनकी, पूर्वी युरोपका धेरै देशहरू रूसका कारण आफ्नो सार्वभौमिकता धरापमा पर्नसक्ने त्रासमा छन्। नेटोमा अहिले ३० देश सदस्य छन्।

रूसी अधिकारीहरूका अनुसार सोभियत संघ विघटन हुँदा नेटोलाई पूर्वी युरोपमा बिस्तार नगर्ने सहमति अमेरिकाले गरेको थियो। तर उक्त सहमति अमेरिकाले पालना गरेको भन्दै रूसले आपत्ति जनाउने गरेको छ। १९९७ सम्म नेटोमा १६ देश सदस्य थिए। त्यसयता थप १४ देशले नेटोको सदस्यता लिएका छन्, यी देशहरू रूसका छिमेकी हुन्।

१९९७ यता नेटोको सदस्यता बिस्तार । तस्वीर सौजन्य : बीबीसी

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved