१२ अप्रिल १९६१ । सोभियत युनियनका एयरफोर्स पाइलट तथा वैज्ञानिक युरी अलेक्सेयेभीच गागरिन अन्तरिक्षमा पुग्ने पहिलो मानिस बने।
स्थानीय समयअनुसार बिहान ६ बजेर ७ मिनेट जाँदा काजाखिस्तानस्थित बाइकोनुर कस्मोड्रोन स्पेसपार्टेबाट उडेको भोस्तोक–१ यानमार्फत गागरिन अन्तरिक्षमा पुगे। उनले पृथ्वीलाई २६ हजार किलोमिटर प्रतिघण्टाको रफ्तारमा १ सय ८ मिनेटसम्म फन्को लगाए।
बिदा मनाउनका ब्ल्याक सी पुगेका सोभियत नेता निकिता खुर्सेभले गागरिनलाई त्यहीबाट बधाई सन्देश पठाए । ”तपाईले गर्नुभएको उडानले अन्तरिक्ष यात्रामा मानव समुदायका लागि नयाँ इतिहासको पाना खुलेको छ,” उनले भनेका थिए।
अमेरिकी राष्ट्रपति जोन एफ केन्नडीले पनि युरी गागरिन र सोभियत युनियन दुबैलाई बधाई दिए। सोभियत युनियनसँगै अमेरिका पनि अन्तरिक्षमा यात्री पठाउने प्रतिस्पर्धामा थियो।
विश्वका दुई शक्तिशाली देशबीचको यो प्रतिस्पर्धालाई ‘स्पेस रेस’ समेत भनिएको थियो। हुनत : १९५७ मै सोभियत युनियनले स्पुतनिक नामक अन्तरिक्षमा पठाएको थियो, तर त्यो मानवरहित थियो। त्यस्तै, सोही वर्ष सोभियतले लाइका नामको कुकुरलाई पनि अन्तरिक्षमा पठाएको थियो।
सोभियतका गहना
यस सफल प्रक्षेपणपछि गागरिन अन्तर्राष्ट्रिय सेलिब्रेटी बने । उनलाई सोभियत युनियनकै सबैभन्दा ठूलो सम्मान प्रदान गरियो, उनी जन्मिएको क्लुसिनो गाउँको नामै फेरेर ‘युरी गागरिन’ राखियो।
गागरिनले यसपछि ‘‘सोयुजन १ मिशन’’मा पनि ब्याकअप क्रुका रुपमा काम गरेका थिए । तर यो यान दुर्घटनामा पर्दा उनका साथी भ्लादिमिर कोमारोभको निधन भयो । त्यसपछि सोभियत अधिकारीहरुले गागरिनको जीवनको जोखिम लिन नसकिने कारण देखाउँदै उनलाई अन्य अन्तरिक्ष यान चलाउन प्रतिबन्ध लगाएका थिए।
त्यसपछि गागरिनले बाँकी जीवन विमान चालकका रूपमा बिताउन चाहेका थिए। १७ फेब्रअरी १९६८ मा झुकोभस्काई एयर फोर्स इन्जिनियरिङ एकेडेमीबाट प्रशिक्षण पूरा गरेपछि उनले नियमित विमान चलाउने अनुमति पनि पाएका थिए।
तर, २२ मार्चमा मिग–१५, ट्रेनिङ जेट दुर्घटनामा पर्दा गागरिन र उनका इन्स्ट्रक्टर भ्लादिमिर सेरीयोजिन घाइते भए, पाँच सातापछि गारिनको निधन भयो।
अन्तरिक्ष दौडमा सोभियतसँग पछि परेको अमेरिका चन्द्रमामा मानिस पठाउने सवालमा पहिलो भयो। २१ जुलाई १९६९ मा एपोलो ११ मार्फत अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ चन्द्रमामा पुगे।
लगत्तै १९ मिनेटपछि एपोलो ११ कै अर्का सदस्य एल्ड्रिनले चन्द्रमामा पाइला राखे। उनीहरु दुईजनाले चन्द्रमामा दुई घण्टा बिताउने क्रममा धेरै फोटोहरू खिचे र २१ दशमलव ५ केजी लुनार सामाग्री पनि परीक्षणका लागि पृथ्वीमा लिएर आए।
Facebook Comment
Comment