कैलाली हत्या प्रकरण : श्रीमानको टाउको काटेर आफैँ प्रहरीकहाँ पुगेकी थिइन् महिला

कैलाली हत्या प्रकरण : श्रीमानको टाउको काटेर आफैँ प्रहरीकहाँ पुगेकी थिइन् महिला
सांकेतिक तस्वीर

धनगढी। कैलालीको मोहन्याल गाउपालिका १ राक्साकी ३३ वर्षीया युवतीले आफ्नै श्रीमानको हत्या गरेकी छन्। उनले श्रीमानको टाउको काटेर प्रहरीमा बुझाएकी छन्। श्रीमानको टाउको बोरामा हालेर प्रहरीमा ल्याएको प्रहरीले जानकारी दिएको छ।

चुमाकुमारी बुढामगरले ४३ वर्षीय श्रीमान नारायण बुढामगरको हत्या गरेको प्रहरीले जनाएको छ। मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा छ।

स्थानीयका अनुसार उनीहरूबीच हरेक दिन झगडा हुने गरेको थियो। चुमाकुमारीलाई प्रहरी नियन्त्रणमा राखिएको छ।

उनले श्रीमानको हत्या गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय पण्डौनमा श्रीमानको टाउको बुझाएकी थिइन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार उनले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेको बताएकी छन्।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको मुचुल्का उठाउन प्रहरी घटनास्थल पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved