लिखित जवाफ चित्त नबुझेपछि प्रेस काउन्सिलले धमलालाई बयानका लागि बोलायो

नेपालभ्युज

लिखित जवाफ चित्त नबुझेपछि प्रेस काउन्सिलले धमलालाई बयानका लागि बोलायो
फोटो : टिकटकमा भाइरल भएको क्लिपको स्कृनसर्ट

काठमाडौं। नेपाल एयरलाइन्सको विमानभित्र अशोभणीय गतिविधि गरेको भन्दै प्रेस काउन्सिलले बयानका लागि ऋषि धमलालाई बोलाएको छ। धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ।

अवाण्छित गतिविधिका कारण चर्चामा रहने पत्रकार धमलालाई काउन्सिलले यसअघि लिखित स्पष्टीकरण सोधेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा चढेको विमानमा उदण्ड क्रियाकलाप गरेका थिए। लिखित जवाफमा धमलाले दिएको जवाफ चित्तबुझ्दो नभएपछि बयानका लागि बोलाइएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए।

काउन्सिलको आज बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved