मधेश प्रदेशले २०७९ सालमा ११ दिन सार्वजनिक बिदा थपिदिने

नेपालभ्युज

मधेश प्रदेशले २०७९ सालमा ११ दिन सार्वजनिक बिदा थपिदिने

जनकपुरधाम। मधेश प्रदेश सरकारले २०७९ सालमा ११ दिन सार्वजनिक बिदा थपिदिने भएको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले ०७८ का लागि प्रदेश सरकारले निर्धारण गरेको इस्लाम धर्माबलम्वीहरुको पर्व बकर ईद (ईद उल अजहा र ईद उल फित्र) को सार्वजनिक बिदा संघीय सरकारले पनि आफ्नो क्यालेण्डमा राखेको अतिरिक्त नयाँ वर्ष २०७९ वैशाख १ गतेदेखि चैत मसान्तसम्म ९ वटा सार्वजनिक बिदा प्रदेश सरकारले थप दिने भएको जानकारी दिए।

मधेश सरकारको मन्त्रिपरिषदबाट विभिन्न अवसरमा वर्षमा ११ दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन गरेको हो। प्रकाशन गरेको विदाहरुमा नयाँ वर्षको अवसरमा वैशाख २ गते जुडसितलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेको छ।

यस्तै, इस्लाम धर्मावलम्वीहरुको ईद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिको सार्वजनिक बिदाको दिनको मिति किटान गरिएको छैन। सो दिन परेको खण्डमा विदा दिइने उल्लेख छ।

त्यस्तै छठ पर्वको भोलिपल्ट पारनको दिन कार्तिक १४ गते, सीताराम विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होली पर्वको अवसरमा फागुन २४ गते र रामनवमीमा चैत १६ गते सार्वजनिक विदा प्रदेश सरकारले निर्धारण गरेको राजपत्रमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved