चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

चुनावी गठबन्धनका विषयमा छलफल गर्न आज (बिहीबार) सत्ता गठबन्धन दलको बैठक बस्दै छ। सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसको अग्रसरतामा बैठक बस्न लागेको हो।

नेपालभ्युज

चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं। चुनावी गठबन्धनका विषयमा छलफल गर्न आज (बिहीबार) सत्ता गठबन्धन दलको बैठक बस्दै छ। सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसको अग्रसरतामा बैठक बस्न लागेको हो। कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबार सम्पन्न बैठकले तालमेल गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बिहीबार बिहान १० बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले बताए। बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने उनको भनाइ छ।

गठबन्धन दलबीच तालमेलका लागि केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संयन्त्र बनाइनेछ । ‘‘स्थानीय स्तरमा दलको शक्ति र प्रभाव हेरेर तालमेल उचित छ कि छैन भनेर संयन्त्रले निर्क्योल गर्नेछ,’’उनले भने, ‘‘संयन्त्रलाई आवश्यकताअनुसार केन्द्रले समन्वय गर्न र निर्देशन दिन सक्नेछ ।’’

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ। यता नेकपा एमालेले भने एक्लै चुनावमा जाने बताउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved