सम्सी गाउँपालिका अध्यक्ष फारुख माओवादी छाडेर एमालेमा

जलेश्वर नगरपालिकाको उपमेयर रहेकी मनचुन देवी लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेकी छन्।

नेपालभ्युज

सम्सी गाउँपालिका अध्यक्ष फारुख माओवादी छाडेर एमालेमा

काठमाडौं। महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा माओवादीबाट गाउँपालिका अध्यक्ष बनेका फारुख उक्त पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

आज बिहान एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर फारुख पार्टी प्रवेश गरेका हुन्। उनलाई ओलीसहित नेता प्रभु साह लगायतले पार्टीमा स्वागत गरे ।

ओली निवास बालकोट पुगेर जलेश्वर नगरपालिकाको उपमेयर रहेकी मनचुन देवी लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेकी छन्।

फारुख र मनचुनसँगै नेपाली कांग्रेसको तर्फबाट महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर ४ का विजयी भएका अध्यक्ष उमेश महतो, ३ का अध्यक्ष जयनारायण मण्डल पनि एमालेमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रबाट रामगोपालपुरको वडा नम्बर ८ को अध्यक्षमा विजयी भएका रामविलास मण्डल पनि एमाले प्रवेश गरेका छन्। त्यस्तै, लोहरपट्टी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामबाबु यादव पनि एमाले प्रवेश गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved