‘केजीएफ च्याप्टर २’ को ट्रेलर रिलिज, १ वैशाखमा रिलिज हुने

नेपालभ्युज

‘केजीएफ च्याप्टर २’ को ट्रेलर रिलिज, १ वैशाखमा रिलिज हुने

काठमाडौं । बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ को ट्रेलर रिलिज भएको छ।

अभिनेता यश स्टारर यस फिल्मको पहिलो पार्ट सन् २०१८ डिसेम्बरमा आएको थियो। प्रशान्त नीलले निर्देशन गरेको च्याप्टर २ मा यशसँगै सञ्जय दत्त, रविना टण्डनलगायतको अभिनय रहेको छ।

फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय छ। अघिल्लो सिरिज बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो। च्याप्टर २ अप्रिल १४ अर्थात् २ वैशाखमा रिलिजको मिति तय गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved