निजगढमा नि:शुल्क आँखा शिविर सम्पन्न

नेपालभ्युज

निजगढमा नि:शुल्क आँखा शिविर सम्पन्न

बारा। निजगढमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। तेज कोहली एण्ड रुइत फाउण्डेसनको सहयोगमा तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा १०-१२ चैतमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएका हो।

शिविरमा २ हजार २०६ जनाको आँखा जाँच र ३०५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ।

शल्यक्रिया शिविरमा प्रतिष्ठानका वरिष्ठ कन्सलटेन्ट नेत्र विशेषज्ञ प्राडा गोविन्द पौड्याल, हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख तथा वरिष्ठ नेत्र विशेषज्ञ डा. सुनिल थकालीको टोली संलग्न रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved