अस्पतालबाट सांसद साहको गुनासोः मेयरले गुण्डा लगाएर आक्रमण गरे

नेपालभ्युज

अस्पतालबाट सांसद साहको गुनासोः मेयरले गुण्डा लगाएर आक्रमण गरे

सर्लाही । हिजो (शनिबार) भएको ईश्वरपुर झडपमा घाइते सर्लाही क्षेत्र नम्बर १ का सांसद प्रमोद साहले आफूलाई मेयरले गुण्डा लगाएर घाइते बनाएको फेसबुकमार्फत लेखेका छन्।

काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत सांसद साहले फेसबुकमा लामो स्टाटस लेख्दै सञ्चारमाध्यम तथा मिडियाले वास्तविकता नबुझेको पनि गुनासो गरेका छन्। घटनाको वास्तविकता नजानेर लेखिएको भन्दै उनले बयलबास बजारमा भएको घटना र त्योसँग जोडिएका विषयहरू लेखेका छन्।

शनिबार भएको झडपमा सांसद साहको टाउको फुटेको थियो। ईश्वरपुर नगरपालिका बजार क्षेत्रमा सडक फराकिलो बनाउने विषयमा झडप भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved