ओली र वाङबीच होटल मेरिएटमा भेटवार्ता शुरू, प्रचण्डसँग पनि आजै भेट्ने

नेपालभ्युज

ओली र वाङबीच होटल मेरिएटमा भेटवार्ता शुरू, प्रचण्डसँग पनि आजै भेट्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच होटल मेरिएटमा वार्ता शुरू भएको छ।

तीन दिने नेपाल भ्रमणमा आएका वाङले यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।

ओलीसँगको भेटपछि आजै वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्नेछन्। त्यसपछि उनी ३ बजे चीन फर्कने कार्यक्रम छ। ओली र वाङबीच दुई देशिय सम्बन्धका विषयमा कुराकानी हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved