स्थानीय तह निर्वाचनः सुर्खेतमा को बलियो ? अघिल्लोमा यस्तो थियो अवस्था

स्थानीय तह निर्वाचनः सुर्खेतमा को बलियो ? अघिल्लोमा यस्तो थियो अवस्था

सुर्खेत। कर्णालीको प्रदेश राजधानी रहेको सुर्खेत जिल्लामा स्थानीय तहको निर्वाचन २०७४ को चुनावमा नेपाली कांग्रेस पहिलो, एमाले द्रोश्रो, माओवादी केन्द्र तेस्रो दलका रूपमा देखिएका छन्। सुर्खेतका नौ वटै स्थानीय तह र ९९ वडा वडामा नेपाली कांग्रेस, एमाले र माओवादी क्रमशः पहिलो दोश्रो तेस्रो दलका रूपमा निर्वाचित भएका थिए।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सुर्खेतका नौ वटा स्थानीय तहमध्ये कांग्रेसले पाँच वटामा प्रमुख/अध्यक्ष, पाँच वटा स्थानीय तहमा उपप्रमुख-उपाध्यक्ष, एमालेले तीन वटा स्थानीय तहमा प्रमुख/अध्यक्ष, चार वटामा उपप्रमुख/उपाध्यक्ष जितेको थियो। माओवादी केन्द्रले एउटा पनि स्थानीय तहमा विजयी हासिल गरेको छैन।

९९ वटामध्ये नेपाली कांग्रेसले ४६ वडा, एमाले ४३ वडा, माओवादी केन्द्र ९ वटा वडामा विजयी भएको थियो।

स्थानीय तहमा नेपाली कांग्रेसले २४५, एमालेले २३७, माओवादी केन्द्रका ४८, राष्ट्रिय जनमोर्चाले १ दलित महिला अल्पसंख्याक वडा सदस्य, स्वतन्त्रले एक वडाध्यक्ष अन्य सदस्य पाँच जना जनप्रतिनिधि विजयी भएका थिए।

कुन स्थानीय तहका कसले कति मत पाएका थिए ?

वीरेन्द्रनगर

वीरेन्द्रनगर नगरपालिका नेपाली कांग्रेसका देवकुमार सुवेदी १४ हजार ४०५ मत पाएर प्रमुख विजयी भएका थिए भने उपप्रमुखमा एमालेका मोहनमाया ढकालले १६ हजार ६८ मत ल्याएर विजयी भइकी थिइन्।

प्रमुखमा एमालेले १३ हजार ८९९, माओवादी केन्द्रले ५ हजार २३७ कांग्रेसबाट स्वतन्त्र उम्मेदवार लडेका गहेन्द्र दाहालले १ हजार८९४ मत ल्याएका थिए। उप्रममुखमा कांग्रेसले १४ हजार २६, माओवादी केन्द्रले ४ हजार ६८९ मत पाएका थिए। अन्य साना दलले दुई सय मत कटाउन सकेका थिएनन्।

गुर्भाकोट नगरपालिका

गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेस हस्तबहादुर पुनले १ हजार ६३ मत ल्याएर प्रमुख विजयी भएका थिए भने उपप्रमुखमा नेपाली कांग्रेस कै मैना विकले ९ हजार ९७४ विजयी भएकी थिइन्।

प्रमुखमा एमाले ७ हजार १२३, माओवादी केन्द्रले १ हजार ५९१ मत ल्याएका थिए। उपप्रमुखमा एमाले ७ हजार २६६ र माओवादी केन्द्रले १ हजार ६०० मत पाएका थिए। अन्य राजनीतिक दलहरुले दुई सय मत पनि कटाउन सकेका थिएनन्।

चिङ्गाड गाउँपालिका

चिङ्गाड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली नेपाली कांग्रेस नै विजयी भएको थियो। अध्यक्षमा नेपाली कांग्रेस २ हजार ९४९, नेकपा एमाले २ हजार ३८५ र माओवादी केन्द्र १ हजार ७२१ मत पाएका थिए। उपाध्यक्षमा नेपाली कांग्रेस २ हजार ९१७, एमालेले २ हजार ४१४ र माओवादी केन्द्रले १ हजार ७१९ मत पाएका थिए। अन्य राजनीतिक दलहरुले दुई सय मत पनि कटाएका थिएनन्।

चौकुने गाउँपालिका

चौकुने गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमाले विजयी भएको थियो। अध्यक्षमा एमाले ३ हजार २४२ नेपाली कांग्रेस २ हजार २५० र माओवादी केन्द्रले २ हजार ६३३ मत पाएका थिए। उपाध्यक्षमा नेपाली कांग्रेस २ हजार १९४, एमाले ३ हजार ३५७ र माओवादी केन्द्रले २ हजार ३१२ मत पाएका थिए। अन्य राजनीतिक दलहरुले एक सय मत पनि ल्याएका थिएनन्।

पञ्चपुरी नगरपालिका

पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख विजयी भएका थिए। नेपाली कांग्रेसले ५ हजार १३४ एमालेले ४ हजार ७३२ र माओवादी केन्द्रले १ हजार ३५८ मत पाएका थिए। उपप्रमुखमा नेपाली कांग्रेस ५ हजार २०४, एमालेले ४ हजार ८२४ र माओवादी केन्द्रले १ हजार ४४७ मत पाएका थिए।

बराहताल गाउँपालिका

बराहताल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेस विजयी भएको थियो। अध्यक्षमा नेपाली कांग्रेस ३ हजार २२१, एमाले २ हजार ९१४ र माओवादी केन्द्रले १ हजार ९८४ मत पाएका थिए। उपाध्यक्षमा नेपाली कांग्रेसले ३ हजार ३१२, एमालेले ३ हजार १९० र माओवादी केन्द्रले १ हजार ९४४ मत पाएका थिए। अन्य राजनीतिक दलहरुले ४ सय मत कटाउन सकेका थिएनन्।

भेरीगंगा नगरपालिका

भेरीगंगा नगरपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेस विजयी भएको थियो। अध्यक्षमा नेपाली कांग्रेसले ७ हजार ५४३, एमालेले ७ हजार ३८४ र माओवादी केन्द्रले १ हजार ६३७ मत ल्याएका थिए। उपप्रमुखमा नेपाली कांग्रेसले ७ हजार ५७४, एमालेले ७ हजार २९७ र माओवादी केन्द्रले १ हजार ६५८ मत ल्याएका थिए। अन्य राजनीतिक दलहरुले दुई सय मत पनि कटाउन सकेका थिएनन्।

लेकबेँसी नगरपालिका

लेकबेँसी नगरपालिकामा प्रमुख र उपप्रमुख नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका थिए। प्रमुखमा नेपाली कांग्रेसले ४ हजार ३९९, एमाले ५ हजार ७५३ र माओवादी केन्द्रले १ हजार ६९६ मत ल्याएका थिए। उपप्रमुखमा नेपाली कांग्रेसले ४ हजार ४३८, एमालेले ५ हजार ७४० र माओवादी केन्द्रले १ हजार ९५७ मत ल्याएका थिए। अन्य राजनीतिक दलहरुले एक सय मत पनि कटाउन सकेका थिएनन्।

सिम्ता गाउँपालिका

सिम्ला गाउँपालिकामा अध्यक्ष र उपाध्याक्षमा दुवै पदमा नेकपा(एमाले) का उम्मेदवार विजयी भएका थिए।

अध्यक्षमा नेपाली कांग्रेसले ४ हजार ६०४, एमालेले ५ हजार ३५५ र माओवादी केन्द्रले ६ सय ६४ मत ल्याएका थिए। उपाध्यक्षमा नेपाली कांग्रेसले ४ हजार ५७८, एमालेले ५ हजार ३४६ र माओवादी केन्द्रले ७ सय २५ मत ल्याएका थिए।

अन्य राजनीतिक दलहरुले २० मत पनि ल्याउन सकेका थिएनन्।

आगामी स्थानीय तहको निर्वाचनमा के होला ?

आगामी ३० वैशाखमा हुने निर्वाचनमा सुर्खेतका नौ वटै स्थानीय तहमा नेपाली कांग्रेसले शतप्रतिशत जित निकाल्ने पक्षमा रहेको छ। एमाले विभाजनको फाइदा लिँदै शतप्रतिशत विजयी निकाल्ने लक्ष्यमा नेपाली कांग्रेस रहेको हो।

एमालेले भने पार्टी विभाजनको कुनै असर नपरेको बताउँदै त्यसको पुर्ति माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नेहरुबाट भएको निष्कर्ष निकाल्दै स्थानीय तहको निर्वाचनमा कम्ति पाँच वटा स्थानीय तह जित्ने दावी गरेको छ। एमालेको वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, लेकबेँसी नगरपालिका र पञ्चपुरी नगरपालिका जित्ने लक्ष्य राखेको छ।

नेपाली कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस एक्लै चुनाव लडने संकेत गरे। उनले गठबन्धन बनाए सुर्खेतमा कांग्रेसका लागि घाटा हुने त्यसका गठबन्धन नुहने उनको भनाइ थियो।

त्यस्तै, माओवादी पनि सुर्खेतमा विगतकोभन्दा अहिले आफ्नो दलमा सुधार आएको बताउँदै आएको छ। सुर्खेतमा नेकपा(एकीकृत समाजवादी) र माओवादी केन्द्र गठबन्धन बनाएर निर्वाचनमा जाने लक्ष्य राखेका छन्। एकीकृत र समाजवादी र माओवादीले गठबन्धन गरे एक वा दुई पालिका जित्न सकिने उनीहरुको बुझाइ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved