कांग्रेस केन्द्रीय समिति बैठक आज, उम्मेदवारलाई टिकट दिने मापदण्ड बनाउने

उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। आज (शुक्रबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक आज, उम्मेदवारलाई टिकट दिने मापदण्ड बनाउने
काठमाडौं। उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। आज (शुक्रबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
साथै स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा छ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म चल्ने गरी पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ।
यस्तै कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बन्छन्। केन्द्रमा केन्द्रीय संसदीय समिति गठन गर्न लागिएको हो।
कांग्रेसले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ।
बैठकमा चुनावी तालमेलका विषयमा पनि छलफल हुन सक्ने केन्द्रीय सदस्यहरूले बताएका छन्। तर कांग्रेसले लिखित एजेन्डामा भने यो विषय समावेश गरेको छैन।
केन्द्रीय समिति बैठक बस्नुपूर्व धारणा बनाउन रामचन्द्र पौडेलले पनि आफूनिकट नेताहरूको भेला राखेका छन्। यसअघि शेखर कोइराला पक्षको पनि भेला भएको थियो। सभापति देउवाले महाधिवेशनमा आएको ४० प्रतिशत मतको बेवास्ता गर्दै एकलौटी निर्णयहरू गरेको भन्दै ध्यानाकर्षण भएको बताएका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved