पार्टीको घोषणापत्र लेख्ने जिम्मा महामन्त्री थापालाई

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि पार्टीको घोषणापत्र लेख्ने जिम्मा महामन्त्री गगनकुमार थापालाई दिएको छ।

‘स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समिति’ बनाएर त्यसको जिम्मा कांग्रेसले महामन्त्री थापालाई दिएको हो। पार्टी सभापति शेरबहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन्।

३ फागुनमा बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार देउवाले थापालाई यसको संयोजकमा मनोनयन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved