सल्यानमा ३७८ जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण

गाउँपालिकाको वडा नम्बर १ मा ६४ जना, २ मा २९ जना, ३ मा ३९ जना, ४ मा ५७ जना ७० वर्ष माथिका जेष्ठ नागरिकलाई चेकजाँच र औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

सल्यानमा ३७८ जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण

सुर्खेत। सल्यानमा ३७८ जना जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कपुरकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकहरुलाई घरमै गएर भेटघाट र चेकजाँच गरेका हुन्।

गाउँपालिकाको नीति अनुसार नै स्वास्थ्यकर्मीहरुलाई जेष्ठ नागरिकको घरदैलोमा खटाइएको गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले बताए।

“७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्बन्धित वडा तथा घरदैलोमै गएर चेकजाँच र निःशुल्क औषधि वितरणको व्यवस्था मिलाइएको छ,” सेनले भने, “गाउँपालिकाले २१९ जना महिला र १५९ जना पुरुष जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो।”

गाउँपालिकाको वडा नम्बर १ मा ६४ जना, २ मा २९ जना, ३ मा ३९ जना, ४ मा ५७ जना ७० वर्ष माथिका जेष्ठ नागरिकलाई चेकजाँच र औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

यस्तै, वडा नम्बर ५ मा ७४ र वडा नम्बर ६ मा एक सय चार जनालाई घरभेटघाट तथा स्वास्थ्य चेकजाँच, परामर्श र औषधि वितरण गरिएको स्वास्थ्य शाखाका सिअहेव सुवास हमालले जानकारि दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved