निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा देशैभर अन्तरक्रिया हुँदै

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया शुरु गर्दै छ।

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया शुरु गर्दै छ। नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू तथा निर्वाचन विज्ञहरूको सहभागितामा अन्तरक्रिया शुरु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि गतेदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गर्न लागेको उनले बताए।

पहिलो चरणमा सात वटै प्रदेशका केन्द्र र केन्द्रसँग जोडिएका १५ जिल्लामा अन्तरक्रिया हुनेछ। यसपछि अन्य जिल्लामा पनि अन्तरक्रिया गरिने छ। यस्तै वैशाख ३० गते तोकिएको स्थानीय तहको चुनावका लागि आयोगले निर्वाचन अधिकृतहरूलाई पनि तालिम दिने तयारी छ।

मतदाता नामावली अद्यावधिक गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। आउँदो १३–१४ गतेसम्म मतदाताको नामावली प्रकाशित गर्ने तयारी छ। यसैबीच मतपत्र छपाइका लागि पनि कागज आइसकेको आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved