एकीकृत समाजवादीले कर्णाली १० जिल्लामा नै खटायो चुनावी कमान्डर

नेपालभ्युज

एकीकृत समाजवादीले कर्णाली १० जिल्लामा नै खटायो चुनावी कमान्डर

सुर्खेत। नेकपा (एकीकृत समाजवादी) कर्णाली १० वटै जिल्लामा स्थानीय तहको चुनावलाई लक्षित गर्दै चुनावी कमान्डर खटाएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी कमान्डर खटाएको हो।

स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय सभा सदस्य नन्दा शर्मा सल्यान, ठगेन्द्रप्रकाश पुरी सुर्खेत, कृष्णबहादुर बिसी जाजरकोट, कूर्मराज शाही कालिकोट, गोपाल बम मुगु, चन्द्रबहादुर शाही हुम्ला, शेरबहादुर केसी रुकुमपश्चिम, हंशबहादुर शाही डोल्पा, अम्मरबहादुर थापा दैलेख र देवीलाल थापा जुम्ला जिल्लाको कमान्ड गर्ने गरी जिम्मेवारी तोकिएको एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य ठगेन्द्रप्रकाश पुरीले जानकारी दिए। ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने नाराका साथ उनीहरु गाउँ गाउँमा पुग्ने एकीकृत समाजवादीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved