हरियो रंगको विरोध गर्दै एमाले अध्यक्ष ओलीले दिए मतपत्रबारे दुई विकल्प

ओलीले भने, “कि त ब्ल्याक एन्ड ह्वाइट हुनुपर्‍यो। हैन भने जसको जुन चिन्ह हो त्यही रंग दिनुपर्‍यो।”

नेपालभ्युज

हरियो रंगको विरोध गर्दै एमाले अध्यक्ष ओलीले दिए मतपत्रबारे दुई विकल्प
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा मतपत्रमा हरियो रंग प्रयोग गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन्।

बबरहमलस्थित कार्की ब्यांक्वेटमा जारी एमाले पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगको निर्णय आग्रहप्रेरित रहेको बताए। उनले मतपत्रमा चुनाव चिन्हलाई हरियो रंगको बनाउने कुरा मान्य नहुने बताए।

ओलीले चुनावमा एमाले हराउने षड्यन्त्रसहित मतपत्रमा हरियो रंगको निर्णय भएको बताए। उनले सूर्य चुनाव चिन्ह कसरी हरियो हुन्छ भन्दै प्रश्न गरे।

ओलीले मतपत्रमा यसअघिकै रंग प्रयोग गर्न सकिने तर हरियो नहुने बताए। भने, “कि त ब्ल्याक एन्ड ह्वाइट हुनुपर्‍यो। हैन भने जसको जुन चिन्ह हो त्यही रंग दिनुपर्‍यो।”

ओलीले सत्तारुढ नेपाली कांग्रेसको चुनाव चिन्हसँग मात्रै मिल्ने रंगसहितको मतपत्रलाई चुनावी जालजेलको रुपमा चित्रण गरे। उनको प्रश्न छ, “नत्रभने रुखको रंग हरियो किन ? सूर्य त रातो हुनुपर्‍यो नि!”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved