माओवादीको कर्णाली संसदीय दलको नेता त्यागेका ठम्मर विष्ट एमाले प्रवेश गर्दै

सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभागृहमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ।

नेपालभ्युज

माओवादीको कर्णाली संसदीय दलको नेता त्यागेका ठम्मर विष्ट एमाले प्रवेश गर्दै

सुर्खेत। नेकपा माओवादी केन्द्र परित्याग गरेका निवर्तमान सांसद ठम्मर विष्ट नेकपा एमाले प्रवेश गर्ने भएका छन्। उनी कार्यकर्ताहरुको टिमसहित एमालेमा समाहित हुन लागेका हुन्।

माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको नेता पदमा रहेकै समयमा पार्टी त्यागेका विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगेका छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभागृहमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ।

विष्टसँगै माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ। विष्ट एमाले प्रवेश गरेलगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिशामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेपछि आफूले माओवादी छाडेको विष्टले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved