धेरै जिम्मेवारी पूरा गरेको छु: विद्यासुन्दर शाक्य

नेपालभ्युज

धेरै जिम्मेवारी पूरा गरेको छु: विद्यासुन्दर शाक्य
फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन्। मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताए।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरवासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरूले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए। त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाइ थियो। मेयर शाक्यले सबै वडा कार्यालयहरूलाई काम गर्ने उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकीर गरे।

सबै वडाहरूलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भईसक्यो भनेर भने आफूले नभन्ने बताए। विकास निर्माणको काम निरन्तरको भइरहेको दाबी गर्दै उनले आफूले सकेको योगदान गरेको बताए।

मुद्दा मामिलाका कारण महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालय बनाउन नसकिएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved