बक्स अफिसमा हिट हुँदै ‘काश्मिर फाइल्स’

नेपालभ्युज

बक्स अफिसमा हिट हुँदै ‘काश्मिर फाइल्स’

काठमाडौं। विवेक अग्निहोत्रीद्वारा निर्देशित, ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा अकल्पनीय प्रदर्शन गरिरहेको छ। फिल्मले पहिलो हप्तामा बक्स अफिसका सबै रेकर्ड तोडेको छ।

प्रभासको साउथ मुभी ‘राधे श्याम’ र आलिया भट्टको ‘गंगुबाई काठियावाडी’ जस्ता ठूला रिलिजहरूले यसलाई कुनै असर गरेनन्। ‘द कश्मीर फाइल्स’ हेर्न थिएटरमा मानिसहरूको ठूलो भीड लागेको छ।

छैटौं दिन फिल्मले अहिलेसम्मकै उच्च कमाइ गरेको छ। मार्च ११ मा रिलिज गरिएको यो फिल्म कश्मीर विद्रोह र कश्मीरी हिन्दूहरूको नरसंहारमा आधारित छ। फिल्ममा अनुपम खेर, दर्शन कुमार, मिथुन चक्रवर्ती र पल्लवी जोशीको अभिनय छ।

कश्मीर फाइलले पाँचौं दिन विश्वभर बक्स अफिसमा १८ करोड रुपैयाँ कमाएको छ। छैटौं दिन, यसले ठूलो वृद्धि देखाएको छ। प्रारम्भिक अनुमानअनुसार फिल्मले छैटौं दिन १९ करोड ३० लाख कमाएको छ। अर्थात् अहिले फिल्मको कुल बक्स अफिस कलेक्सन ७९.५० करोड पुगेको छ।

विवेक अग्निहोत्रीको फिल्मको दोस्रो हप्ताको कलेक्शन यो साता फिल्मको कमाइभन्दा बढी हुने अनुमान गरिएको छ। ‘हामी ढुक्क छौं कि यो छिट्टै १०० करोड क्लबमा प्रवेश गर्नेछ। सबैको नजर अहिले होली बिदा र रिलिज पछिको दोस्रो सप्ताहन्तमा छ।’

यो पनि पढ्नुहोस्

भारतको सामाजिक-राजनीतिक व्यवस्थालाई चुनौती दिने ‘द काश्मीर फाइल्स’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved