विष सेवन गरी एकै परिवारका चारजना बेहोस, एकको मृत्यु

नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको छ भने अरूको उपचार भइरहेको छ।

नेपालभ्युज

विष सेवन गरी एकै परिवारका चारजना बेहोस, एकको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको छ भने अरूको उपचार भइरहेको छ।
गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर भएका उनीहरूले विष खाएको प्रहरीले जनाएको छ। लगतै प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो।

त्यहाँबाट उद्धार गरेर अस्पताल ल्याउँदै गर्दा एक जनाको बाटैमा मृत्यु भएको जनाइएको छ। अन्य चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

मृत्यु हुनेमा ३३ वर्षीय सुर्णणमान प्रधान रहेका छन्। त्यस्तै अचेत अवस्थामा रहेका ६२ वर्षीया ईन्द्रमाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, र ११ वर्षीया सुप्रिया प्रधान छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved