सिटीसँग युनाइटेडको लज्जास्पद पराजय

घरेलु मैदानमा आज राति भएको खेलमा सिटीले युनाइटेडलाई ४-१ को फराकिलो अन्तरले हरायो।

नेपालभ्युज

सिटीसँग युनाइटेडको लज्जास्पद पराजय

इङ्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले शानदार जित निकालेको छ।

घरेलु मैदानमा आज राति भएको खेलमा सिटीले युनाइटेडलाई ४-१ को फराकिलो अन्तरले हरायो।

खेलको पाँच मिनेटमै सिटीका लागि केभिन डि ब्रुनोले अग्रता दिलाएका थिए। तर म्यानचेस्टर युनाइटेडका जाडोन सान्चेजले २२ औं मिनेटमा गोल गर्दै बराबरी गरे पनि ब्रुनोले नै २८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २-१ को अग्रता बनाएक्क सिटीका लागि रियाद महारेजले थप दुई गोल गरे।

जितपछि सिटीले २८ खेलमा ६९ अंक बनाउँदै लिगमा शीर्ष स्थानमा दबदबा बनाएको छ भने युनाइटेडले चौथो स्थानमा उक्लिने अवसर गुमाएको छ। युनाइटेडको समान खेलबाट मात्र ४७ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved