जबरा महाभियोग प्रकरणः संसद्ले बनायो ११ सदस्यीय सिफारिस समिति (भिडिओसहित)

प्रतिनिधिसभाको आजको बैठकले महाभियोग अघि बढाउनका लागि सिफारिस समिति गठन गरेको हो।

नेपालभ्युज

जबरा महाभियोग प्रकरणः संसद्ले बनायो ११ सदस्यीय सिफारिस समिति (भिडिओसहित)

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सत्ता गठबन्धनले लगाएको महाभियोग अघि बढाउन सिफारिस समिति गठन भएको छ।

प्रतिनिधिसभाको आजको बैठकले महाभियोग अघि बढाउनका लागि सिफारिस समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट चार जना, नेपाली कांग्रेसबाट दुई जना, नेकपा माओवादी केन्द्रबाट दुई जना, नेकपा (एकीकृत समाजवादी), जसपा र लोसपाबाट एक एक जना सदस्य रहेका छन्।

महाअभियोग सिफारिस समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य रहेका छन्।

यस्तै, कांग्रेसबाट मिनबहादुर विक र रामबहादुर विष्ट तथा माओवादी केन्द्रबाट यसोदा सुवेदी र रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का सदस्य रहेक छन्। यता, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह सदस्य रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved