सुर्खेतमा व्यापारीको शंकास्पद मृत्यु

नेपालभ्युज

सुर्खेतमा व्यापारीको शंकास्पद मृत्यु
शंकास्पद मृत्युबारे छानविन माग गर्दै आएको प्रदर्शन

सुर्खेत। सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको छ। नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका-३ का २५ वर्षीया मीन हमालको शंकास्पद मृत्यु भएको हो।

नेपालगञ्जबाट शुक्रबार बेलुका मालबाहक ट्रकमा व्यापारी हमालले कालिकोट जाँदै गरेको सुर्खेत वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा उनलाई सामान बढी हालेको विषयमा वादविवाद भएको र त्यही क्रममा प्रहरीले कुटपिट गरेको आफन्तले आरोप लगाएका छन्।

शव सुर्खेत हस्पिटलमा राखिएको छ। कालिकोटबाट आफन्त आउँदै गरेरको हमालको शंकास्पद मृत्युकाले छानबिनको माग गरिएको मृतकका छिमेकी रनबहादुर खत्रीले बताए। हमाल कालिकोटका तिलागुफा नगरपालिका–१ मा व्यापार गर्दै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved