रूसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ।

नेपालभ्युज

रूसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

एजेन्सी। युक्रेनमा रूसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले बिहीबार जनाएको छ।

आफ्नो ट्विटर ह्यान्डलमा यूएनएचसीआरका उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन्, ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौँ।’

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ।

उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ।

यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रूसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved