युक्रेनमाथि रुसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

दुईबीच मंगलबार टेलिफोनमा कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले बताएका छन्। उनले ट्विटरमा यसबारे लख्दै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद भएको उल्लेख बताएका छन्।

नेपालभ्युज

युक्रेनमाथि रुसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

काठमाडौं। युक्रेनमाथि जारी रुसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुराकानी गरेका छन्। यी दुईबीच मंगलबार टेलिफोनमा कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले बताएका छन्। उनले ट्विटरमा यसबारे लख्दै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद भएको उल्लेख बताएका छन्।

नेपाली संसदले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेपछि अमेरिकी उच्चपदस्थ अधिकारीसँग प्रधानमन्त्री देउवाको टेलिफोन सम्पर्क भएको यो पहिलो पटक हो।

अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्विटरमा लेखेका छन्, ‘‘रुसले युक्रेनमाथि गरेको आक्रमण, युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्त्री देउवासँग राम्रो कुराकानी भयो। हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न थप मिलेर काम गर्नेछौँ।’’

नेपालले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा युक्रेनको पक्षमा भोट हालेको छ। यसअघि नेपालले युक्रेनमाथि रुसी आक्रमण रोक्न अनुरोध गर्दै एक विज्ञप्तिसमेत निकालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved