केपी ओलीले एमसीसीको एक अक्षर पनि चेन्ज गर्न खोजेका थिएनन्ः प्रचण्ड

नेपालभ्युज

केपी ओलीले एमसीसीको एक अक्षर पनि चेन्ज गर्न खोजेका थिएनन्ः प्रचण्ड
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी नयाँ खुलासा गरेका छन्। समसामयिक परिस्थितिबारे पत्रकारमार्फत प्रत्यक्ष प्रसारणमा आएका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई उचालेर एमसीसीमा आफूलाई अलग्याउन खोजेको पनि आरोप लगाए।

तत्कालीन नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला एमसीसीमा उनी निकै ठूलो अल्पमतमा परेका पनि उनले बताए। सचिवालयका ९ जनामा उनी एमसीसीमा अल्पमतमा परेका उनले बताए। ७ जनाले जसरी पनि पारित गर्न नहुनेमा रहेका र उनले बताए।

फेसबुक लाइभमा आएका प्रचण्डले शुरुमा पार्टी एकता हुँदा केही घटनाहरू स्मरण गराए। “संविधानमाथि नै घात हुने हो कि भन्ने हो कि भन्ने जटिल परिस्थितिबाट गुज्रियौं। पार्टी एकता पार्टीभित्रै संघर्ष गर्नुपर्ने परिस्थिति बन्यो। नयाँ गति लिन सकिने गरी वाम गठबन्धन बनेको थियो। जनताको बल बुद्धिजीवी तथा पत्रकारले प्रतिक्रान्ति भनेपछि संसद् पुनर्स्थापित भएको थियो।”

प्रत्यक्ष प्रसारणमा आएका उनले शुरुमै केपी ओलीले संसद भंग गरेको विषय उठाएका थिए। गठबन्धन सरकार बनेको घटनालाई निकै व्याख्यासिहत प्रस्तुत गरेका उनले आफूहरूले गठबन्धन सरकार बनाएर गरेको कामको तारिफमा शुरुआती समय खर्च गरे।

एमसीसीबारे आफू र आफ्नो पार्टीबारे निकै टिप्पणी भएका बताए। एमसीसीलाई निकास दिइएको पनि उनले बताए। “हिजोबाट सत्ता गठबन्धन टुट्ने सबै अन्योल हटेको छ,” उनले भने।

आफू प्रधानमन्त्री भएका बेला एमसीसीबारे सरकारबाट छलफल भएको उनले स्विकारे। त्यपछि नेकपा सरकार भएका बेला यो विवादित भएको उनले बताए। भने, “एमसीसीको पैसाले कसलाई खुशी लाग्दैन र सबैलाई खुशी लाग्छ। नेकपाको सरकार भएका बेला विवाद भएर आयो। आईपीएसको अंग भनियो। केही डकुमेन्ट यो थियो, उनले भने, “प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री भएका बेला औपचारिक भ्रमणमा नेपाल पनि आईपीएसको सदस्य भएको समाचार आयो अनि एमसीसी विवाद भयो। पार्लियामेन्टबाट अनुमोदन गर्ने प्रावधान थिएन। यसलाई पछि कानूनी हैसियत दिने भनेपछि यो विवादित भयो।”

नेकपाको त्यतिबेलाको पार्टीमा अध्यक्षको हैसियतले आफूले गरेको एक मात्र केन्द्रीय समिति बैठकमा एमसीसी बहस भएको र यसको अझ गम्भीर अध्ययन गरेर मात्र निचोडमा पुग्न भनेको उनले बताए। यथास्थितिमा पास नहुने अडान आफूले त्यतिबेलै राखेको प्रचण्डको भनाइ थियो।

आफ्नै अध्यक्षतामा बसेको बैठकले एमसीसीलाई पार्टीमा बहस गराएको उनले दाबी गरे। “तर यसमा केही विषय गम्भीर प्रकृतिका छन्। प्राकृतिक साधन र स्वामित्वलगायतका विषय परिमार्जन र संशोधन नगरी पास गरियो भने नेपाललाई आघात हुन्छ भनेपछि यसलाई विवादित बनाइयो।

ओली प्रधानमन्त्री भएका बेला सम्झँदै उनले भने, “कुनै न कुनै प्रस्ताव पार्लियामेन्टमा पारित गरेर जान सकिन्छ कि भनेर मैले नै भनेको थिएँ। देउवाले पास गर्न खोज्दा आफूले संसदको बाटोबाट जानुपर्ने बताएपछि देउवा सहमत भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved