माओ‌वादी अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने

नेपालभ्युज

माओ‌वादी अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्बोधन गर्ने भएका छन्।

माओवादीले संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न सहयोग गरेपछि कार्यकर्ताहरूले नै नेतृत्वको आलोचना गर्न थालेपछि अध्यक्ष प्रचण्डले एमसीसी सम्झौतालगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा विशेष सम्वोधन सम्बोधन गर्ने भएका हुन्।

देशसँगै पार्टी राजनीतिक दुर्घटनाबाट बचाउन विचार र विवेक पुर्‍याएर नै एमसीसी पारित गर्ने निर्णयमा नेतृत्व पुगेको बताउँदै प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले अध्यक्ष प्रचण्डले यसबारेमा विशेष सम्बोधन गर्ने बताएकी छन्।

नेता कार्यकर्ता तहमा नेतृत्वप्रति भ्रम फैलाउन खोजिएकाले त्यसमा सचेत भएर परिस्थितिको गाम्भिर्यतालाई बुझ्न उनले अनुरोध गरेकी छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved