पल शाहमाथि अनुसन्धान गर्न अदालतबाट सात दिनको म्याद थप

नेपालभ्युज

पल शाहमाथि अनुसन्धान गर्न अदालतबाट सात दिनको म्याद थप

काठमाडौं । एक नाबालिग गायिका बलात्कार आरोपमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका अभिनेता पल शाहलाई जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धानलाई अदालतबाट म्याद गरेको छ।

आज आफैं प्रहरीसमक्ष पुगेका शाहलाई सात दिन म्याद थप गरेर तनहुँ प्रहरीले अनुसन्धान गर्ने भएको हो। उनलाई अहिले अदालतबाट जिल्ला प्रहरी कार्यालयभित्र लगिएको छ।

अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसूरमा ११ फागुनमा किटानी जाहेरी परेको थियो। नाबालिग गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन्।

त्यस्तै आजै मात्र शाहविरुद्ध फेरि अर्को जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ। पीडितले नवलपरासीको गैंडाकोटमा उनीविरुद्ध जाहेरी दिएकी हुन्। इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन्।

पल शाहविरुद्ध फेरि अर्को जाहेरी, सुटिङका बेला जबर्जस्तीकरणी भएको आरोप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved