एमसीसीले राजनीतिक समीकरण फेरिने अनुमान, गठबन्धनको बैठक बस्दै

एमसीसीका कारण राजनीतिक समीकरण फेरिने अनुमान गरिएको बेलामा सत्ता गठबन्धन दलहरूबीच आज पनि छलफल हुँदैछ। यसअघि बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान फेरि बैठक बस्न लागेको हो।

नेपालभ्युज

एमसीसीले राजनीतिक समीकरण फेरिने अनुमान, गठबन्धनको बैठक बस्दै

काठमाडौं। एमसीसीका कारण राजनीतिक समीकरण फेरिने अनुमान गरिएको बेलामा सत्ता गठबन्धन दलहरूबीच आज पनि छलफल हुँदैछ। यसअघि बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान फेरि बैठक बस्न लागेको हो।

बिहीबारको सत्ता गठबन्धनको बैठकमा एमसीसी अघि बढाउनेबारे सहमति नभएपछि सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसले र प्रमुख विपक्षी नेकपा एमालेसँग सघन छलफल अघि बढाएको छ। सत्ता गठबन्धनको बैठक सकिएलगत्तै बिहीबार राति प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न बालकोट पुगेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई जतिसक्दो छिटो संसद्मा अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेकाले देउवाले ओलीसँग साथ दिन आग्रह गरेका थिए। यद्यपि शुक्रबारको बैठकमा पनि सहमति हुने सम्भावना भने कमै रहेको गठबन्धनका नेताहरु बताउँछन्। देउवाले ओलीसँग संवाद अघि बढाएलगतै राजनीतिक समीकरण फेरिने चर्चा शुरु भएको हो।

प्रधानमन्त्रीले यसअघि बुधबारकै बैठकमा सम्झौता अघि बढाउने यत्न गरेका थिए । ‘एमसीसी सम्झौता भने पूर्ववर्ती ओली सरकारले संसद्मा दर्ता गरेको हो ।

तर, एमसीसी सम्झौता अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले मानेका छैनन्। एमसीसी सम्झौता अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने खेल शुरु भएको समेत चर्चा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved