ललितपुर महानगरले ९ र १० फागुनमा बुस्टर डोज दिने

महानगरले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएको ६ महीना नाघेका १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिने भएको हो।

नेपालभ्युज

ललितपुर महानगरले ९ र १० फागुनमा बुस्टर डोज दिने

ललितपुर। ललितपुर महानगरपालिकाले महानगरभित्रका सबै वडाबाट कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने भएको छ।

महानगरले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएको ६ महीना नाघेका १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिने भएको हो।

महानगरले ९ र १० फागुनमा दोश्रो मात्रा खोप लगाएको ६ महीना पूरा भएका नागरिकलाई आ–आफ्नो वडामा सम्पर्क गरी बुस्टर डोज खोप लगाउन अनुरोध पनि गरेको छ।

खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने महानगरले जनाएका छ । खोप कार्यक्रमसम्बन्धी थप सूचना आवश्यक परेमा सम्बन्धित वडा कार्यालय महानगरपालिकाको स्वास्थ्य शाखा वा महानगरपालिकाको वेभसाइटमा हेर्न महानगरले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved