राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १ सय ५७ विद्यालय छानिए

नेपालभ्युज

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १ सय ५७ विद्यालय छानिए
सांकेतिक तस्वीर

काठमाडौं। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सामुदायिक विद्यालय छानिएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरबाट उक्त संख्यामा विद्यालय छनोट गरेको हो।

जसमध्ये ९७६ ओटा चारकोठे भवन , ९६६ ओटा दुईकोठे भवन, दुई हजार १०६ ओटा आईसीटी ल्याब व्यवस्थापन, ८८ ओटा प्राविधिक ल्याब र २१ ओटा नयाँ प्राविधिक विद्यालय निर्माण गरिने भएको छ।

चारकोठे भवन निर्माणका लागि छनोट भएका विद्यालय ३६ लाख, दुईकोठे भवनका लागि १८ लाख छुट्याइको छ। त्यस्तै आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, प्राविधिक ल्याबमा छनोट भएका विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार छुट्याइएको छ।

राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लख रकम छुट्याइएको छ।

चालु आर्थिक वर्षमा १३ हजार ३३४ विद्यालयको निवेदन परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १३ शीर्षकमा बजेट छ। तर, यो कार्यक्रममा तीन शीर्षकमा मात्र आवेदन मागिएको थियो।

गत आर्थिक वर्षमा करिब चार हजार ६०० विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट पाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved