मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

नेपालभ्युज

मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
फाइल फोटो

काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा आज अस्पताल भर्ना भएका छन्। मुटुको शल्यक्रिया गर्न उनीकाठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्नाभएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए।

उनको मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो। मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेसमेकरको सहायता लिँदै आएका थिए। शल्यक्रियापछि पनि शर्मालाई केही दिन आराम गर्नुपर्ने भएकाले करिब एक हप्ताको समय उनी अस्पतालमा नै रहने प्रमुख स्वकीय सचिव फुँयालले बताए। शर्मा लामो समयदेखि मुटु रोगसम्बन्धी समस्याबाट पीडित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved