जसपा र लोसपालाई बाइपास गरी जबरालाई महाअभियोग

‘‘एक्कासी यो महाअभियोगको विषय कहाँबाट कसरी आयो थाहा छैन। यसअघिको गठबन्धनको बैठकमा न्यायालयको विवादमा सरकारले हस्तक्षेप नगर्ने, न्यायालयभित्रैबाट समाधान गर्न दिने निर्णय भएको थियो।”

नेपालभ्युज

जसपा र लोसपालाई बाइपास गरी जबरालाई महाअभियोग

काठमाडौं। आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्ता गठबन्धनका तीन दलले महाअभियोग दर्ता गराएका छन्। गठबन्धनमा आवद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)  सांसदहरूले महाअभियोग दर्ता गरेका हुन्।

संसद् सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता भए पनि गठबन्धनकै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई यसबारेमा थाहै छैन। गठबन्धनको बैठकमा यस विषयमा छलफलै नभएको नेतहरूले बताएका छन्।

जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले भने, ‘‘एक्कासी यो महाअभियोगको विषय कहाँबाट कसरी आयो थाहा छैन। यसअघिको गठबन्धनको बैठकमा न्यायालयको विवादमा सरकारले हस्तक्षेप नगर्ने, न्यायालयभित्रैबाट समाधान गर्न दिने निर्णय भएको थियो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved