प्रहरी हुँ भनी होटलमा लगेर लुटपाट

नेपालभ्युज

प्रहरी हुँ भनी होटलमा लगेर लुटपाट

काठमाडौं । प्रहरीले काठमाडौंबाट लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानका २७ वर्षीय सुजन मिश्र छन्। काठमाडौं महानगरपालिका-६ कुशल ब्यांक्वेट अगाडि दुई जना चिया खाइरहेको बेला आफूलाई प्रहरी बताएर दुई जनाले धम्की दिँदै लागुऔषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगेर ६० हजार नगदसहित आइफोनसमेत लुटिएको प्रहरीले जनाएको छ।

लुटिएको खबर पाउनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

उनको साथबाट लुटिएकोमध्ये १० हजार नगद , दुई वटा आइफोन तथा सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय पत्र बरामद गरिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved