कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्त पक्राउ

प्रवक्ता खड्का अनुसार १३ मंसीर २०६५ मा सुर्खेत जिल्ला अदालतले २० वर्षको कैद सजाय तोकिएकोमा फरार सिंहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले २४ माघ २०७८ मा पक्राउ गरेको हो।

नेपालभ्युज

कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्त पक्राउ
सांकेतिक तस्वीर

सुर्खेत। श्रीमतीको हत्या गरेर फरार रहेका एक जना कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

कालिकोट महाबै गाउँपालिका–३ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १० बुदबुदे टोल बस्ने ४५ वर्षीय धनराज सिंहलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो।

२८ साउन २०५८ मा आफ्नै श्रीमतीलाई हत्या गरी कर्तव्य ज्यान मुद्दामा सुर्खेत जिल्ला अदालतबाट १४ भदौ २०५८ मा पूर्पक्षका लागि जेल पठाइएको थियो।

तर, २ माघ २०५८ मा सुर्खेत कारागारबाट सुरुङ खनी भागी फरार रहेका सिंहलाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काले जानकारी दिए।

प्रवक्ता खड्का अनुसार १३ मंसीर २०६५ मा सुर्खेत जिल्ला अदालतले २० वर्षको कैद सजाय तोकिएकोमा फरार सिंहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले २४ माघ २०७८ मा पक्राउ गरेको हो।

पक्राउ परेका सिंहलाई सुर्खेत जिल्ला अदालतमा पेश गरिएको र कैद भुक्तानीको लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको खड्काले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved