उद्धार गर्न नसकेपछि हिउँमा फसेकालाई हेलिकप्टरबाट खानेकुरा झारियो

नेपालभ्युज

उद्धार गर्न नसकेपछि हिउँमा फसेकालाई हेलिकप्टरबाट खानेकुरा झारियो

सुर्खेत। जुम्लाको तातोपानी गाउँपालिका–७ को ग्रागा लेकमा फसेका ५५ जनालाई हेलिकप्टरमार्फत खानेकुरा खसालिएको छ।

कर्णाली प्रदेश सरकारको पहलमा हिउँमा फसेका नागरिकको उद्धार गरिँदै छ।

हेलिकप्टर बस्ने ठाउँ नभएकाले हिउँमा फसेका ५५ जनामध्ये १६ जनालाई चिउरा, दालमोठ र चाउचाउलगायत खानेकुराहरू हेलिकप्टरमार्फत खसालिएको तातोपानी गाउँपालिका-८ का स्थानीय तथा नेकपा (एमाले) जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीले बताए।

हिउँमा फसेकाहरूलाई भोकबाट बचाउन तत्काल उनीहरुलाई खानेकुरा हेलिकप्टरमार्फत खसालिएको प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंले बताए। “अर्को हेलिकप्टर पठाइएको भए पनि हिउँमा फसेकाहरूको उद्धार गर्न सकिएको छैन्,” उनले भने, “पुनः उद्धारको प्रयास भइरहेको छ।” हिउँमा फसेकामध्ये दुई जनाको मृत्यु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved