तीन मन्त्रालय नपाए सरकारमा नजाने एकीकृत समाजवादीको अडान

नेकपा एसले गत २ बैशाखमा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेको छ।

तीन मन्त्रालय नपाए सरकारमा नजाने एकीकृत समाजवादीको अडान

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मन्त्रिपरिषद्कोको बिस्तार गर्ने तयारी गरिरहँदा नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालय नपाएर सरकारमा नजाने अडान लिएको छ।

एसले गत २ बैशाखमा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेको छ।

समाजवादीको अडानका कारणले आज कर्णाली प्रदेशको मन्त्रिपरिषद्को विस्तार हुनेमा शंका उब्जाएको छ। पूर्व सहमति अनुसार आफनो पार्टीले तीन मन्त्रालय पाउनुपर्ने अडान कायम राखेको एकीकृत समाजवादीका प्रदेश अध्यक्षसमेत रहेका पूर्व मन्त्री अम्मरबहादुर थापाले बताए।

‘‘हाम्रो अडान कायमै रहेको छ। पूर्व सहमति अनुसार नै पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको र त्यही सहमतिका आधारमा नै अहिले जीवनबहादुर शाही मुख्यमन्त्री बन्नुभएको हो,’’ उनले भने, ‘‘हामीले मात्र सम्झौता कार्यान्वयन गर्नुपर्ने उहाँले सहमति कार्यान्वयन गर्नु नपर्ने काही हुन्छ।’’

मुख्यमन्त्री शाहीले मुख्यमन्त्री शाहीले सरकारलाई पूर्णता दिन माओवादीबाट गैरसांसद् हुम्लाका कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंह, कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री, दैलेखका हिमबहादुर शाही र समाजवादीबाट जुम्लाका पदम रोकायालाई मन्त्री बनाउने तयारी गरेको थिए।

पूर्व सहमतिका बिषयमा जानकारी दिन तीन मन्त्रालय पाउनुपर्ने अडान कायम राख्दै एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र प्रदेश अध्यक्ष थापा शनिबार नै काठमाडौंमा पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved