जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर।

बुटवल। बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च ९१५७ नं.को जिपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु २४ प २७५७ नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved