पर्यटन बोर्ड गठनको तयारीमा लुम्बिनी सरकार

नेपालभ्युज

पर्यटन बोर्ड गठनको तयारीमा लुम्बिनी सरकार

बुटवल। लुम्बिनी प्रदेश सरकारले पर्यटन बोर्ड गठनको तयारी गरेको छ।

सरकारका पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले यसबारे तयारी भइरहेको र केही दिनमै काम सकिने जानकारी दिए।

नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले बिहीबार बुटवलमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरू ड्राफ्ट गर्ने काम भइरहेको बताए। मन्त्री चौधरीले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याइने उल्लेख गरे।

लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको कालिगण्डकी, रुकुमको सानो भेरी, दाङको ववई, प्युठानको राप्ती, बाँकेको राप्ती सुनारीलगायत क्षेत्रमा र्‍याफ्टिङ सञ्चालनका लागि अध्ययन थालिएको पनि मन्त्री चौधरीले जानकारी दिए।

मन्त्री चौधरीले ठाउँअनुसार सांस्कृतिक कार्यक्रम तथा खानाका परिकारलाई प्रवर्द्धन गर्ने गरी अध्ययन थालिएको जनाए। “दाङ, बाँके र बर्दियामा थारू संस्कृतिका संस्कृतिका कार्यक्रम तथा खानाका परिकारलाई प्रचार गर्ने, रोल्पा, रुकुममा मगर समुदायको, प्यूठान, अर्घाखाँची र गुल्मीमा बाहुन क्षत्रीको संस्कृति झल्कने कार्यक्रमहरू ल्याउन प्रदेश सरकारले अध्ययन थालेको छ,” उनले भने।

हरेक जिल्लामा कम्तीमा दुई-तीन ओटा नयाँ पर्यटकीय क्षेत्रको पहिचान र प्रर्वद्धनमा सहयोग गर्न पर्यटन पत्रकारहरूलाई पनि मन्त्री चौधरीले आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved