कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक बस्दै छ।

नेपालभ्युज

कर्णाली प्रदेशसभाको बैठक बस्दै

सुर्खेत। कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक बस्दै छ। प्रदेशसभा सचिवालयले सोमबार विशेष कारण देखाउँदै हिजो बोलाइएको बैठक स्थगन गरी आज (मंगलवार) बिहान १० बजेका लागि बोलाएको हो।

माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा एमालेले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायत माग गरेको थियो ।

यस विषयमा तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

कर्णालीमा सदनको गतिरोध अन्त्य गर्न र एमालेले बजेटमा देखाएका समस्या समाधानका लागि पूर्व कानुनमन्त्री नरेश भण्डारी संयोजकत्वको तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ। जसमा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाह र नेकपा एकीकृत समाजवादी प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाही सदस्य रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved