संकटग्रस्त अफगानिस्तानमा मानवीय सहायता पठाउँदै नेपाल

नेपालभ्युज

संकटग्रस्त अफगानिस्तानमा मानवीय सहायता पठाउँदै नेपाल

काठमाडौं । संकटग्रस्त दक्षिण एशियाली देश अफगानिस्तानलाई नेपालले मानवीय सहायता गर्ने भएको छ।

नेपाल सरकारले पठाउने मानवीय सहायता लिएर परराष्ट्र मन्त्रायका अधिकारीको नेतृत्वमा १६ जनवरीमा हिमालयन एयरलान्इनबाट अफगानिस्तान जान लागेको हो। अफगानिस्तान जाने नेपाली टोलीलाई परराष्ट्रमन्त्री डा।नारायण खड्काले विधाई गर्ने कार्यक्रम रहेको छ।

लत्ता कपडा, औषधी लगायतका मानवीय सहायताको समाग्री नेपालले अफगानिस्तान पठाउन लागेको हो। टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल अफगानिस्तानको काबुल जानेछिन्। हिमालयन एयरलाइन्सको चार्टड विमानमार्फत काबुल जाने नेपाली टोली १६ जनवरीमा नै स्वदेश फिर्ता हुनेछ।

१५ अगष्टमा अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेसँगै त्यहाँ मानवीय संकट देखिएको छ। अफगानिस्तानलाई सहयोग गर्दै आएका अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारले मानव अधिकारको उल्लघन गरेको बताउँदै यसअघि प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिँदै आएका थिए।

यसैबीच १३ जनवरीमा ह्युमन राईट्स वाचले सार्वजनिक गरेको आफ्नो ३२ औँ प्रतिवेदनमा तालिबानले सत्ताकब्जा गरेसँगै त्यहाँ मानवीय संकट आएको दाबी सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। सन् २००१ मा तालिबान सरकार ढलेर गठन भएको सरकारको पालका प्राप्त गरेको उपलब्धीलाई तालिबनी शासकनले फेरि पुरानै अवस्थामा पुर्याएको दाबी गरिन्छ।

माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु २०२१ को अन्त्यदेखि स्कूल जान पाएका छैनन्। यस्तै स्वास्थ्य एवं शिक्षण पेशामा रहेका महिला बाहेकलाई घर बाहिर काम गर्ने वातावरण नरहेको बताइन्छ। अफगानिस्नी नागरिक तालिबानी शासक र भोकमारीको मारमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved