राप्रपा अध्यक्ष लिङ्देन भन्छन्, पार्टी सदस्य मनोनयनमा पक्षपात भएको छैन’

राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि लिङ्देनले बताए।

नेपालभ्युज

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्, पार्टी सदस्य मनोनयनमा पक्षपात भएको छैन’
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन्।

बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभएर निष्पक्ष ढंगले पार्टी सदस्यहरु मनोनित गरेको बताए।

अध्यक्ष लिङ्देनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए।

अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर अघि बढ्ने बताए।

अध्यक्ष लिङ्देनले पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसाबले गरिनेसमेत बताए। उनले पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने बताए।

“समावेशी भएन, समानुपातिक भएन, विधानले निर्दिष्ट गरेका लैङ्गिक समावेशी, समानुपातिकताका कुराहरु उल्लंघन भयो भन्ने कुराहरु पनि कतै उठेको छ। यो सबैलाई हामीले पूर्ण गर्छौं,” अध्यक्ष लिङ्देनले भने, “त्यसको लागि ठाउँ हामीले राखेको छ। अहिले अनिवार्य केही कामहरु मात्रै हामीले गरेका छौँ। पछिल्लो दिनमा हामी सबै पूर्ण गरेर जान्छौँ।”

राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि लिङ्देनले बताए।

पार्टीमा आफूहरुले असन्तुष्ट पक्षलाई समेत समेटेर लैजाने लिङ्देनले प्रतिवद्धता व्यक्त गरे। उनले आगामी दिनमा राप्रपा सशक्त ढंगबाट अघि जाने दाबी गरे।

“आगामी दिनमा राप्रपा सशक्त ढंगबाट अघि जान्छ। कुनै विवादमा अल्झिँदैन, अल्मलिँदैन, अहिले हामीले मनोनयन गरेको सन्दर्भमा केही भ्रमहरु पनि साथीहरुका बीचमा आएको छ कि महिलाको संख्यालाई हामीले पूरा गरेनौँ वा समावेशी, समानुपातिक जुन संविधान बमोजिमकै व्यवस्था छ, त्यसलाई पूरा गरेनौँ भने निर्वाचन आयोगले नै यो सूचीलाई स्वीकार्दैन,” लिङ्देनले भने, “त्यसकारण त्यसलाई उल्लंघन गरेर जाने छुट र सुविधा हामीलाई छैन।”

अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकोले अबका दिनमा यसलाई आफ्नो मुल मुद्दाको रुपमा लिइएको भए पनि जनताले पत्याउने ढंगको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved