जुम्लामा महिलाको नाममा जग्गापास गर्ने बढे

नेपालभ्युज

जुम्लामा महिलाको नाममा जग्गापास गर्ने बढे

जुम्ला। राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ। चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ जिल्लाका सात गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए। “गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ”, कार्यालय प्रमुख रोकायाले भने।

नगरपालिकाको महिलाका नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाका महिलाका नाममा जग्गा रजिस्ट्रेसन भए राजस्वमा ५० प्रतिशत छुट रहेको कार्यालयले जनाएको छ। मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन गर्ने दलित समुदाय र अपाङ्गता भएकलाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको छ।

चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्ट्रेसन भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ। चालु आर्थिक वर्षको कात्तिकसम्म जुम्ला मालपोत कार्यालयले रु ९९ लाख ९६ हजार ५६१ राजस्व सङ्कलन गरेको छ जसमध्ये जग्गा रजिस्ट्रेसनतर्फ रु ६७ लाख ९० हजार ३१२ राजस्व सङ्कलन भएको छ । यस्तै, पूँजीगत लाभकरतर्फ रु ३१ लाख १८ हजार ८८३ सङ्कलन भएको छ। विविधतर्फ रु ८७ हजार ३६६ राजस्व उठेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved