कोरोना प्रभावः अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द

क्रिसमसको पूर्वसन्ध्यालगायत विगत १० दिनमा एयरलाइन्सहरुले अमेरिकामा १४ हजारभन्दा बढी उडानहरू रद्द गरेका फ्लाइटअवेयरले जनाएको छ।

नेपालभ्युज

कोरोना प्रभावः अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द

एजेन्सी। संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करीब दुई हजार उडानहरू रद्द गरिएका छन्।

आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरिएको बताइएको छ। जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जनाएको छ।

द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेट ब्लूले १६९ उडान र डेल्टाले १६१ उडान रद्द गरेको जनाएको छ।

अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ।

आइतबार र क्रिसमसको पूर्वसन्ध्यालगायत विगत १० दिनमा एयरलाइन्सहरुले अमेरिकामा १४ हजारभन्दा बढी उडानहरू रद्द गरेका फ्लाइटअवेयरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved